नेप्से परिसूचक ५.३७ अंकले घट्दा फाइनान्स समूह १२८.८३ अंकले बढ्यो

<p>काठमाडौं । साताको पहिलो काराेबार दिन आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेकाे छ । आइतबार ०.२५ प्रतिशतले घटेकाे नेप्से २०६२.९४ बिन्दुमा कायम भएको छ । नेप्से घटे पनि लगानीकर्ता फाइनान्समा  झुमिएका छन् । यस दिन फाइनान्स समूह ५.४९ प्रतिशतले बढेको छ । सूचिकृत १३ समूहमध्ये सबैभन्दा धेरै लगानीकर्ताको रोजाइमा परेको पनि फाइनान्स समूह नै छ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो काराेबार दिन आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेकाे छ ।

आइतबार ०.२५ प्रतिशतले घटेकाे नेप्से २०६२.९४ बिन्दुमा कायम भएको छ । नेप्से घटे पनि लगानीकर्ता फाइनान्समा  झुमिएका छन् ।

यस दिन फाइनान्स समूह ५.४९ प्रतिशतले बढेको छ । सूचिकृत १३ समूहमध्ये सबैभन्दा धेरै लगानीकर्ताको रोजाइमा परेको पनि फाइनान्स समूह नै छ । सो समूह १२८.८३ अंकले बढेसँगै २४६९.३० बिन्दुमा कायम भएको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको बारोबार भएको थियो ।

कारोबारमा आएका १३ सूचकमध्ये फाइनान्स बाहेक अन्य समूह र ट्रेडिङ समूह क्रमश ०.२६ र ०.६६ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह १.२३ प्रतिशतले घटेको छ ।

पोखरा फाइनान्सको १७ करोडको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी, माण्डु, समृद्धि फाइनान्स, एनआरएन इन्फ्रास्क्चर, प्रोगेसिभ फाइनान्स, गोर्खाज फाइनानस, मल्टिप्रपोज फाइनान्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।

 

Share News