६ महिनादेखि ठप्प सेयर निष्काशन पुनः सूचारू, हिमालय उर्जाले पायो अनुमति

<p>काठमाडौं । लामो समयदेखि रोकिएको सेयर निष्काशन प्रक्रिया पुनः सूचारू भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षविहीन भएपछि विगत ६ महिनादेखि सेयर निष्काशन प्रक्रिया ठप्प बनेको थियो । लामो समयदेखि ठप्प रहेको सेयर निष्काशन प्रक्रिया बोर्डले असार ७ गतेदेखि हिमालयन उर्जा विकास कम्पनीलाई अनुमति दिएपछि पुनः सूचारू भएको सेबोनले जनाएको छ । कम्पनीले चुक्ता [&hellip;]</p>

काठमाडौं । लामो समयदेखि रोकिएको सेयर निष्काशन प्रक्रिया पुनः सूचारू भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षविहीन भएपछि विगत ६ महिनादेखि सेयर निष्काशन प्रक्रिया ठप्प बनेको थियो ।

लामो समयदेखि ठप्प रहेको सेयर निष्काशन प्रक्रिया बोर्डले असार ७ गतेदेखि हिमालयन उर्जा विकास कम्पनीलाई अनुमति दिएपछि पुनः सूचारू भएको सेबोनले जनाएको छ । कम्पनीले चुक्ता पुँजीको १ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि सेबोनबाट अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ सय रुपैयाँ दरका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले यसअघि चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद सेयर निष्काशनका लागि प्रक्रिया अघि बढाएको भएपनि विद्युत नियमन आयोगले घटाएर १ सय प्रतिशतको लागि मात्रै अनुमति दिएको थियो ।

कम्पनीको हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

Share News