काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
असार ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले ‘९५ गुहेश्वरी डिबेन्चर-२०८९’ जारी गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले बताएका छन् ।
यो ऋणपत्र निष्कासन गर्न कम्पनीले धितोपत्र बोर्डसँग अनुमति माग्नेछ । धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल २ लाख ६० हजार इकाइ ऋणपत्र जारी गर्नेछ ।
उक्त ऋणपत्र ८ वर्ष अवधिको हुनेछ । यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउने अधिकारीले बताएका छन् । ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुने कम्पनीले जनाएको छ ।