काठमाडौं । बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेको छ ।
नेप्से बढेसँगै २०७८.७६ बिन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ सूचक मध्ये वित्त समूचक सबैभन्दा धेरै २.६२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह १.३२ प्रतिशतले घटेको छ ।
नेपाल फाइनान्स, समाज लघुवित्त र कुथेली ब्रुखरी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमको आधारमा भने नेपाल फाइनान्स शिर्ष स्थानमा रहेको छ । कम्पनीको २० करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।