विजय लघुवित्तले लाभांश नबाड्ने

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने पनि निर्णय [&hellip;]</p>

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने पनि निर्णय गरेको छ । कम्पनी सचिव सरोज घिमिरेका अनुसार राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्नेछ ।

Share News