सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी वा संघ [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले कम्पनीको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

आवेदन पेस गर्ने अन्तिम मिति असार ९ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

Share News