काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले लाभांश घोषणा गरेको छ । सीआईटीको सञ्चालक समितिको जेठ ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कोषले आर्थिक वर्ष २०७९/८० काे नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद गरी कुल १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
सीआईटीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट सहमति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ ।
कोषले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश बाँडेको थियो ।