झिनो अंकले नेप्से बढ्दा उच्च कारोबार, वित्त समूहमा झुमिए लगानीकर्ता

<p>काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । वृद्धिसँगै नेप्से परिसूचक ६.७३ अंकले बढेर २१२१.६२ बिन्दुमा कायम भएको छ ।  नेप्से ०.३० प्रतिशतले बढेको हो । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बढेको छ । आज ३१२ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ ।

वृद्धिसँगै नेप्से परिसूचक ६.७३ अंकले बढेर २१२१.६२ बिन्दुमा कायम भएको छ ।  नेप्से ०.३० प्रतिशतले बढेको हो । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बढेको छ । आज ३१२ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सूचीकृत कम्पनीहरू मध्ये ११९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने १३ को स्थिर रह्यो ।

बुधबार होटल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.६१, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.३६ प्रतिशतले घटेको छ  । अन्य सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह १.०७ प्रतिशतले बढेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.४८ प्रतिशतले घटेको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Share News