कुमारी बैंकको ४५ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ ताेकिएकाे छ । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले आजदेखि संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ ताेकिएकाे छ । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्ने अन्तिम मिति असार ३ गतेसम्म रहेको छ ।

Share News