काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.५९ अंक घटेको छ ।
नेप्से घटेसँगै नेप्से २०७३.१९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । आज ३१३ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज ९७ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ३ को स्थिर रह्यो ।
आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९२ प्रतिशत अर्थात् १५५ अंकले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.५४ प्रतिशत अर्थात् ४७ अंकले घटेको छ ।
इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावरको ९.२, सयपत्री हाइड्रोपावरको ८.९, जानाकी फाइनान्सको ८.२ प्रतिशत मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, सिटी होटल, पोखरा फाइनान्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी अगाडि रहेका छन् ।