नेप्से परिसूचक झिनो अंकले घट्यो, कारोबार बढ्यो

<p>काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक १.९३ अंक घटेर २०७७.७८ विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आज ३२२ स्टकको ८६ लाख [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।

बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक १.९३ अंक घटेर २०७७.७८ विन्दुमा झरेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आज ३२२ स्टकको ८६ लाख ८२ हजार कित्ता सेयर ५८ हजार ७४८ पटक खरिदबिक्रि हुँदा ४ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ३ अर्ब ९९ करोडको सेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक आज सर्वाधिक २.०८ प्रतिशत घटेको छ ।

आज इमर्जिङ्ग नेपाल, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज सेन्सेटिभ इण्डेक्स १.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ ।

 

Share News