काठमाडौं । नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ६.२२ अंक बढेर २०८५.३० विन्दुमा पुगेको छ । सोमबार सामान्य घटेर बन्द भएको नेप्से आज भने सामान्य अंकले बढेर बन्द भएको हो ।
नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । आज ३१५ स्टकको ८३ लाख ५ हजार कित्ता सेयर ५३ हजार ९९९ पटक खरिदबिक्रि हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ४ अर्बको सेयर आरोबार भएको थियो ।
१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ ।
ग्लोबल आइएमई लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको सेयरमूल्य १३१ रुपैयाँ ५० पैसा बढेर १ हजार ४४६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.५१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंकले बढेको छ ।