आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र नक्सालमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई [&hellip;]</p>

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र नक्सालमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई खरिद आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा आवेदन नपरेमा यो सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Share News