झिनो अंकले घट्यो नेप्से, माइक्रोफाइनान्समा उत्साह

<p>काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से  ३.९७ अंक घटेको छ । घटेसँगै नेप्से २०७९.०७ बिन्दुमा झरेको छ । । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ३१६ स्टकको ८८ लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ । हिजो ४ अर्ब ३१ करोडको कारोबार [&hellip;]</p>

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से  ३.९७ अंक घटेको छ ।

घटेसँगै नेप्से २०७९.०७ बिन्दुमा झरेको छ । । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ३१६ स्टकको ८८ लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ । हिजो ४ अर्ब ३१ करोडको कारोबार भएको थियो ।

आज ११० कम्पनीको मूल्य बढ्दा १२९ को घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ ।  १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । लघुवित्त उपसमूहको परिसूचक २.४३ प्रतिशत बढेको छ ।

आज बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । त्यसै हिमालयन लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थान स्थानमा रहेका छन् । कम्पनीको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज सेन्सेटिभ इण्डेक्स १.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ ।

 

Share News