
काठमाडौं । सातको पहिलो काराेबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २,०८३ अंकमा कायम भएकाे छ ।
आज ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस दिन व्यापार समूह सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेको छ भने फाइनान्स समूह २. १७ प्रतिशतले बढेकाे छ । बैंकिङ १.११, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.२६, जीवन बीमा ०.७७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६७ तथा अन्य समूह सूचक ०.९६ प्रतिशत बढेको छ । उत्पादन समूह २.४ र लगानी ०.२३ प्रतिशत घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै पोखरा फाइनान्सको १८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस दिन १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै कालिञ्चोक दर्शका लगानीकर्ताले ८.८५ प्रतिशतका दरले कमाएका छन् भने अपर सोलुका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।