
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको लकइन अवधि आज सकिँदैछ ।
कम्पनीको सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता सेयरको लकइन अवधि आजबाट सकिने भएको हो ।
कम्पनीले आईपीओमार्फत निष्कासन गरेको सेयर गत मंसिर १९ गते बाँडफाँड गरेको थियो ।
लकइन अवधि सकिएसँगै अब भोलिदेखि संस्थापक सेयरधनी र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।