सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

<p>काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीको नाममा रहेको १७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । यो सेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । संस्थाका अनुसार यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीको नाममा रहेको १७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।

यो सेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । संस्थाका अनुसार यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री आवेदन खुलाइएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हाे ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौं मध्यबानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

Share News