नेप्से परिसूचकमा दोहोरो अकंको गिरावट

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अकको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२.१४ अकंले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता सेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा चार [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अकको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२.१४ अकंले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता सेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ३.३७ र म्युचुअल फन्ड ०.२१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २.१९ र जलविद्युत् समूह १.६२ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड ६६ लाख १३ हजार आठ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार आठ सय ९६ कित्ता सेयर किनबेच भएको छ ।

Share News