नेशनल फण्डले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

<p>काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा डाकेको छ । सभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको ५० रुपैयाँ प्रतिसेयरको २ बराबर १ सेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा डाकेको छ । सभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको ५० रुपैयाँ प्रतिसेयरको २ बराबर १ सेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गरी चुक्ता पुँजी र जारी पुँजी बढाउने तथा प्रिमियममा समेत सेयर जारी गर्न सक्ने व्यवस्था गर्ने एजेण्डा रहेको छ ।

Share News