महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

<p>काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४ सय ७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको जनाएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । [&hellip;]</p>

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थाले बुधबार एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४ सय ७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको जनाएको छ ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

Share News