
काठमाडौं । कुमारी बैंकका ८ जना संस्थापक सेयरधनीले ७ लाखभन्दा बढी कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन खोजेका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख १७ हजार ४ सय ४० कित्ता सेयर बिक्री गर्न लागेका छन् ।
सेयर बेचेर बाहिरिन खोज्नेमा सेयरधनीमा सुषमा पोखरेल छिन् । उनले आफ्नो स्वामित्वमा रहेको ४७ हजार २ सय ९४ कित्ता सेयर बिक्री गर्न लागेकी छन् । यस्तै राजेन्द्र कुमार घिसिङले ६१ हजार ४ सय २५ कित्ता, पर्शुराम कार्कीले १ लाख ५८ हजार ८२ कित्ता, मोहन प्रजापतिले ६१ हजार ४ सय २१ कित्ता र विनोद कुमार शर्माले ८ हजार २ सय ४८ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।
यस्तै रीना महर्जनले ६१ हजार ४ सय २१ कित्ता, मनोजविक्रम शाहले १ लाख ६९ हजार ५ सय ४९ कित्ता र शिशिर कुमार भट्टले १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेका छन् ।
यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ । बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ ।