काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि सकारात्मक देखिएको छ ।
नेप्से परिसूचक आज २७.५४ अकंले बढेर २०९२.०० को बिन्दुमा कायम भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केहि लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । जसका कारण सेयर बजार लगातार आइतबार र सोमबार बढेको हो ।
आज बैंकिङ समूह सबैभन्दा धेरै बढेको छ । यस उपसमूह आज ४.१८ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै वित्त समूह घटेको छ । यो समूह ०.५८ प्रतिशतले घटेको छ ।
आज ३ सय १५ कम्पनीको १ करोड ४३ लाख कित्ता सेयर ८० हजार ९०२ पटक खरिदबिक्री हुँदा ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको हो । हिजो ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
पोखरा फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ । फाइनान्सको आज १९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
चार कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल, भगवती हाइड्रोपावर र नेरुडे लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।