काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गरिएको छ । लघुवित्तमा सर्वसाधारण सेयरधनीहरूको १० प्रतिशत स्वामित्व बढ्ने गरी सेयर स्वामित्व परिवर्तन गरिएको हो ।
परिवर्तित संरचना अनुसार ५९.४ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ४०.६ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहको कायम हुने लघुवित्तले जनाएको छ ।
अब संस्थापक समूहको ५९.४ प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८ सय कित्ता र सर्वसाधारण समूहको ४०.६ प्रतिशत अर्थात ५३ लाख ५९ हजार २ सय कित्ता सेयर कायम हुनेछ ।
कम्पनीको हाल १ करोड ३२ लाख कित्ता रहेका छन् । यसअघि कम्पनीको संस्थापक सेयर स्वामित्व ६९.४ प्रतिशत र सर्वसाधारण सेयर स्वामित्व ३०.६ प्रतिशत रहेको थियो ।