काठमाडौं । बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको सेयर कारोबार आइतबारदेखि खुल्ने भएको छ ।
मर्जर प्रकृया सकेर एकीकृत कारोबार गरेपश्चात बन्द भएको सेयर कारोबार आइतबारदेखि खुल्ने भएको हो । नेप्सेमा शुक्रबार विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको २ लाख ५४ हजार ५० कित्ता सेयर सामुदायिक लघुवित्तको नाममा सूचीकृत भएको हो ।
सेयरको पहिलो कारोबारको लागि नेप्सेले ८८३ रुपैयाँ ९७ पैसा कारोबार मूल्य तोकेको छ । सोही मूल्यका आधारमा आइतबार कम्पनीको सेयर कारोबार गर्न सकिनेछ ।