किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ । यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक [&hellip;]</p>

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले बिहीबार एक सूचना जारी गर्दै दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।

यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र कैलालीको लम्कीचुहामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ ।

Share News