कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको साढे ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार एक सूचना प्रकाशन गरी विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकका विद्यमान [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको साढे ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले मंगलबार एक सूचना प्रकाशन गरी विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।

यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।

Share News