
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.२ अंकले बढेको छ ।
आज सेयर बजार नेप्से परिसूचक ८.२ अंक अर्थात ०.४२ प्रतिशतले बढेर १९७४ अंकमा कायम भएको हो । आज ३११ स्टकको ७८ लाख ५७ हजार कित्ता सेयर ४९ हजार ७६४ पटक खरिदबिक्री हुँदा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको भएको छ ।
आज फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे भने अरु सबै क्षेत्रका सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशत बढेको छ । यसअघि गत बिहीबार होटल समूह सबैभन्दा धेरै ६.९ प्रतिशत बढेको थियो ।
आज दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घटेको छ भने ७ को स्थिर रहेको छ।
आज सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै उन्नति सहकार्यको ७.५, युनाइटेड अजोड इन्स्योरेन्सको ५.६, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.५, एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढेको हो ।
मानुषी लघुवित्तको ५.४, दोल्ती पावरको ४.५, आरएसडीसी लघुवित्तको ४.४, सोल्टी होटलको ३.६ र नेस्डो लघुवित्तको ३.४ प्रतिशत मूल्य घटेको हो । कारोबार रकमका आधारमा आज सांग्रिला विकास बैंक, पोखरा फाइनान्स, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट र नेपाल इन्स्योरेन्स कम्पनी अगाडि रहेका छन् ।
आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।