समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थीलाई स्टेशनरी वितरण

<p>काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कसाह चियाबारीको श्री आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको श्री राट्रिय आधारभुत विद्यालयका ३० जना विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाइ कापी र कलम वितरण गरेको हो । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कसाह चियाबारीको श्री आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको श्री राट्रिय आधारभुत विद्यालयका ३० जना विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाइ कापी र कलम वितरण गरेको हो ।

फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्यको सो कार्यक्रम खरेन्द्रपुर शाखाले शिवराज नगरपालिकाका मेयर अजय थापा र कसाह शाखाले वडा अध्यक्ष रामभरोश यादवको अध्यक्ष तामा सम्पन्न गरेका हो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेको र आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

Share News