
काठमाडौं । साताकाे तेस्राे काराेबार दिन सेयर बजार २.०६ अकंले बढ्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९६०.८१ बिन्दुमा कायम भएको छ।
आज ३१४ कम्पनीको ५० लाख ६४ हजार कित्ता सेयर ३८ हजार २१४ पटक खरिद बिक्री हुँदा २ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साेमबार ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज बैंकिङ उपसमूह ०.३१, लघुवित्त २.४३, म्यूचल फण्ड ०.३१ र अन्य समूहको सूचक ०.७० प्रतिशतले बढेको छ । त्यस बाहेकका सबै समूह नकारात्मक छन् ।
आज १४४ कम्पनीको सेयर घटेको छ भने १२० कम्पनीको बढेको छ भने ११ कम्पनीको स्थिर रहेको छ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सकाे कारोबार भएको छ । कम्पनीको ८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। त्यस्तै आज सबैभन्दा धेरै कमाउनेमा हिमालय लघुवित्त रहेको छ। यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।