अनिश्चितकालका लागि सिटिजन लाइफको सेयर कारोबार रोक्का

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोकेको छ । सिटिजन लाइफले घोषणा गरेको लाभांशमा लगानीकर्ताहरूलाई दुविधा श्रृजना गरेकाले अनिश्चितकालका लागि सेयर कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘सिटिजन लाइफको लाभांश घोषणाले पुँजी बजारमा दुविधा श्रृजना गर्याे । अब यस कम्पनीलाई के एक्सन लिने हो भनेर कारोबार [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोकेको छ । सिटिजन लाइफले घोषणा गरेको लाभांशमा लगानीकर्ताहरूलाई दुविधा श्रृजना गरेकाले अनिश्चितकालका लागि सेयर कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

‘सिटिजन लाइफको लाभांश घोषणाले पुँजी बजारमा दुविधा श्रृजना गर्याे । अब यस कम्पनीलाई के एक्सन लिने हो भनेर कारोबार रोक्का गरिएको हो,’ प्रवक्ता पराजुलीले भने ।

उनका अनुसार कम्पनीलाई के कस्तो कारवाही गर्नुपर्छ भनेर नेपाल धितोपत्र बोर्डलाई रायसुझाव माग गरिएको छ । बोर्डले जुन सुझाव दिन्छ सोही अनुसार अघि बढ्ने उनले बताए ।

‘कहिलेसम्म सेयर कारोबार रोक्का हुन्छ भन्ने विषय तोकिएको छैन । आज बोर्डलाई सोधेर कम्पनीलाई पत्र काट्छौं । कम्पनीले दिएको उत्तर पेस गरेपछि थप एक्सन लिन्छौं,’ उनले भने ।

सिटिजन लाइफले सोमबार २८.४ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा थियो । तर, प्रक्रिया नअपनाएको भन्दै नेपाल बीमा प्राधिकरणले सो लाभांश रोकेको हो ।

Share News