
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका छात्रछात्राहरुको लागि ‘ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएकोले छात्रछात्राहरुलाई पनि सेयर बजारमा आकर्षित गर्न उक्त योजना ल्याइएको हो ।
योजना अवधिभर परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउने छन् । ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा गई खाता खोल्न सकिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृतद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
योजना अवधि २०८१ वैशाख २६ देखि २०८१ जेष्ठ २६ गते सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ ।