काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अकंले घटेर १९५८.७५ बिन्दुमा बन्दमा झरेको छ।
आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ३ अर्ब ७९ करोडको सेयर खरिद/बिक्री भएको थियो ।
सोमबार विकास बैंक बाहेक अन्य १२ उपसूचकको सेयर घटेको हो । यस उपसमूहको सेयर ९.३३ अंकले बढ्दा ०.२३ प्रतिशतले बढेको हो ।
आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको ९ करोड ८० लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज पोखरा फाइनान्स र दोल्ती पावरको सेयरमा नकारात्मक सर्किट लागेकाे छ। यस दिन पिपुल्स पावर कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशत घटेको छ। आज बोटलर्स नेपाल (तराई) को सेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशत बढेको छ ।