गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी ‘समूह क’ का केही सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक हाल विद्यमान संस्थापक सेयरधनीहरूले जेष्ठ २७ गतेभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी ‘समूह क’ का केही सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक हाल विद्यमान संस्थापक सेयरधनीहरूले जेष्ठ २७ गतेभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकएको समयावधिभित्र संस्थापकहरूबाट सेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

Share News