भोलि सार्वजनिक बिदा, प्रदेश बिदामा के हुन्छ सेयर बजार ?

<p>काठमाडौं।  बागमती प्रदेश सरकारले भोलि सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णयअनुसार बिदा दिने भएको हो । बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण [&hellip;]</p>

काठमाडौं।  बागमती प्रदेश सरकारले भोलि सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णयअनुसार बिदा दिने भएको हो ।

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बाग्मती प्रदेशमा बिदा भए पनि सेयर बजारमा भने खुला रहने छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुरहरि पराजुलीले  सेयर बजार संघीय सरकारले गरेकाे निर्णयले मात्रै बन्द हुने बताए । ‘भोलि नेप्से खुल्ला नै रहन्छ,’ उनी भन्छन्, ‘प्रदेश सरकारको बिदाले नेप्से कारोबार बन्द हुँदैन।’

Share News