माइक्रोफाइनान्स र निर्जीवन बीमाबाहेक उपसमूह घटे, कसले गुमाए धेरै ?

<p>काठमाडौं । साताको पहिलो दिन सेयर बजार २४ अंकले घटेको छ। आज नेप्से परिसूचक २४.५८ अंकले घटेर १९ सय ७४ को विन्दुमा अडिएकाे  छ । आज ३१६ कम्पनीकाे ९७ लाख ६२ हजार कित्ता सेयर ६० हजार ५२३ पटक खरिदबिक्री हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भयाे । माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचकबाहेक सबै [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सेयर बजार २४ अंकले घटेको छ। आज नेप्से परिसूचक २४.५८ अंकले घटेर १९ सय ७४ को विन्दुमा अडिएकाे  छ ।

आज ३१६ कम्पनीकाे ९७ लाख ६२ हजार कित्ता सेयर ६० हजार ५२३ पटक खरिदबिक्री हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भयाे ।

माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचकबाहेक सबै उपसमूह घटेका छन् । माइक्रोफाइनान्स ६.८४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा ४.२९ प्रतिशतले बढेको छ।

आज ४२ कम्पनीको मात्रै सेयर मूल्य बढ्दा १९६ कम्पनीको सेयर मूल्य घट्याे भने ७ कम्पनीको स्थिर रह्याे ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्से  छ।

आज सबैभन्दा धेरै कमाउनेमा दोल्ती पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशत गुमाएका हुन् ।

 

 

Share News