फोनपे भारतले नेपालमा प्रदर्शनी गर्यो युपीआई मार्फत सञ्चालित सेवाहरू

<p>काठमाडौं । फोनपे भारतले शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापारसंघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ । उक्तकार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपे [&hellip;]</p>

काठमाडौं । फोनपे भारतले शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ।

कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापारसंघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ ।

उक्तकार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपे ले समर्थन गरेको थियो, जोनेपाल भारत क्रस बोर्डरयुपीआई अन्तर आवद्दताका लागि यनआईपीयल को काउन्टर पार्टी पनि हो ।

उक्त कार्यक्रम फोनपे नेटवर्कका प्रमुखकार्यकारी अधिकृत दिवस सापकोटाद्वारा, नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारेमा बिशेषसम्बोधन भएको थियो ।

यसका साथै कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रसबोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो ।

सो प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा कन्सल्टेन्ट् , एसियाली विकास बैंक (एडीबी) जस्ता प्रतिष्ठित प्यानल सदस्यहरु थिए ।

Share News