काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडका ग्राहकलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा छुट हुने भएको छ । कम्पनिले बिहीबार कालिन्चोक बुक्स एण्ड स्टेशनरी, पुतलिसडक काठमाडौंसँंग समझदारी गरेको हो ।
उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले शुक्रबारदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त स्टेशनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।
सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा तर्फबाट संस्थापक पुष्कर राज कार्कीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।