नेपाल वेयरहाउजिङको लकइन अवधि जेठ १९ गते सकिने

<p>काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लकइन अवधि जेठ १९ गते सकिने भएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७ सय ५० कित्ता सेयरको लकइन अवधि जेठ १९ गते सकिन लागेको जानकारी दिएको हो । कम्पनीले आम सर्वसाधारणका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लकइन अवधि जेठ १९ गते सकिने भएको छ ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७ सय ५० कित्ता सेयरको लकइन अवधि जेठ १९ गते सकिन लागेको जानकारी दिएको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँट गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण सेयर बाँडफाँट भएको ६ महिना पुग्दैछ ।

साधारण सेयर बाँडफाँट भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान छ ।

Share News