युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४० हजार ५ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको छ । यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक [&hellip;]</p>

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४० हजार ५ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको छ ।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्ने सेयर र मूल्य खुलाई बाँके कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

कम्पनीका अनुसार तोकिएको समयसम्म संस्थापकहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन तथा नियमानुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाइने छ ।

Share News