काठमाडौं । सीईडीबी हाइड्रो पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को लागी ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांशलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख रुपैयाँ छ । प्रस्तावित ११ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ९३ करोड १७ लाख नाघ्ने छ ।