अरुण भ्याली हाइड्रोको २० लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदै, न्यूनतम मूल्य कति ?

<p>काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरले करिब २० लाख कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । हाइड्रोपावरले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर वैशाख १० गतेदेखि लिलामीमा बिक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न [&hellip;]</p>

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरले करिब २० लाख कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

हाइड्रोपावरले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर वैशाख १० गतेदेखि लिलामीमा बिक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरू भक्तपुर ठिमी, कुमारीपाटी विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यालयबाट बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

Share News