
काठमाडौं । निलगिरि खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको एजेन्डा पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते दिन काठमाडौंको लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा बिहान १०ः३० बजे विशेष साधारण सभा आह्वान गरेको हो ।
सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्याइएको सेयर बाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्णय गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।