आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न पियोर इनर्जीले डाक्यो विशेष साधारण सभा

<p>काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १६ गतेका लागि विशेष साधारण सभा बोलाएको हो । उक्त सभाले आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । १६ करोड रुपैयाँबराबरको १६ लाख [&hellip;]</p>

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १६ गतेका लागि विशेष साधारण सभा बोलाएको हो ।

उक्त सभाले आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

१६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रूपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

Share News