गरिमा विकास बैंकको पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक, निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७४र७५ सम्मको नगद लाभांश लिन बैंकले आग्रह गरेको हो । [&hellip;]</p>


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक, निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७४र७५ सम्मको नगद लाभांश लिन बैंकले आग्रह गरेको हो ।

यसका लागि सेयरधनीले गरिमा विकास बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्ने छ ।

बैंकका अनुसार ३५ दिनभित्र आर्थिक वर्ष २०७४।०७५ सम्मको नगद लाभांश बुझ्न नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) मा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने छ ।

Share News