सलिकोको १ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

<p>काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले एक सूचना जारी गर्दै आजदेखि  १ लाख १४ हजार ६ सय १२ कित्ता संस्थापक सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रीमा राखिएकाे जनाएकाे हो । संस्थापक सेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको उक्त सेयरको [&hellip;]</p>

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे छ ।

कम्पनीले एक सूचना जारी गर्दै आजदेखि  १ लाख १४ हजार ६ सय १२ कित्ता संस्थापक सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रीमा राखिएकाे जनाएकाे हो । संस्थापक सेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ ।

खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।

Share News