बढेको बजारमा सूर्यज्योतिको सर्वाधिक कारोबार, तीन फाइनान्समा लाग्यो सर्किट

<p>काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४५ प्रतिशतले बढी हो । बजारमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा ३१५ वटा स्क्रीप्सको कूल ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४५ प्रतिशतले बढी हो ।

बजारमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा ३१५ वटा स्क्रीप्सको कूल ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सूूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन १८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । जसको सेयर मूल्य भने घटेर ४९९.१० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.७० रुपैयाँले कम हो ।

मंगलबार फाइनान्स कम्पनीमा उछाल देखिएको छ । टप गेनरको अग्रस्थानमा लगातार तीन फाइनान्स कम्पनी रहेका छन् । प्रत्येकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स कम्पनीको १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२.२० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल फाइनान्सको ९.९९ प्रतिशतले बढेर ४६५.८० रुपैयाँ र पोखरा फाइनान्सको पनि सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४७५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजारमा विन नेपाल लघुवित्तको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता १५११.१० रुपैयाँमा झरेको छ ।
मंगलबार होटल एण्ड टुरिजम, उत्पादनमूलक र लघुवित्त समूह ओरालो लागेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।

Share News