एनआइसी एशियाको ऋणी सदस्यलाई ब्याज छुट योजना सार्वजनिक

<p>काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरुलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरुरकर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हेतुले यस्तो योजना ल्याएको हो । संस्थाले प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा [&hellip;]</p>

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरुलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरुरकर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हेतुले यस्तो योजना ल्याएको हो ।

संस्थाले प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको पाकेको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने ‘ब्याज छुट योजना’ ल्याएको हो ।

यस संस्थाबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका तथा अन्य कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । यस आर्थिक जटिलताको घडिमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस संस्थाले आफ्ना ऋणी सदस्यहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।

संस्थाले ल्याएको यस ब्याज छुट योजनाबाट विविध कारणले आर्थिक समस्यामा पर्नु भएका ऋणी सदस्यहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने संस्थाले विश्वास लिएको छ ।

यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विगत ६ वर्ष भन्दा बढि अवधि देखी क्रमिक रुपमा ७४ जिल्लाको ५६० भन्दा बढी स्थानिय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गदै आईरहेको छ । वित्तीय समावेशीकरणका लागि जाजरकोट, रोल्पा, रुकुम, मुगु, कालिकोट, बाजुरा, बझाङ, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिती नभएको स्थानमा शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

 

 

Share News