२२.७५ अकंले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आईतबार हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अकं अर्थात् १.१३ प्रतिशतले बढेर दुई हजार २६ अकंमा पुगेको छ । आईतबार विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब २५ करोड ६६ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आईतबार हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अकं अर्थात् १.१३ प्रतिशतले बढेर दुई हजार २६ अकंमा पुगेको छ ।

आईतबार विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३.५६ रुपैयाँमा कारोबार भएका छन् । आईतबारको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ रुपैयाँ पुगेको छ ।

होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ । आज वित्त समूह पाँच दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक ३.१६ प्रतिशतले उकालो लागेको छ ।

आजको कारोबारमा विभिन्न चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको चार दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड-१ को तीन दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २.७६ प्रतिशतले घटेको छ ।

Share News