काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको ईटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, मोरङ्गको विराटनगर र रौतहटको चन्द्रपुर १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ ।
संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, रेमिट्यान्स सेवा, सी–आास्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ ।
चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाको हाल निक्षेप ७ अर्व २६ करोड र कर्जा ४ अर्व ८३ करोड रुपैयाँ रहेको छ ।