मञ्जुश्री फाईनान्सलाई शुद्ध खानेपानी चाहियो

<p>काठमाडौं । मञ्जुश्री फाईनान्सले पानी सप्लाईका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । फाइनान्स कम्पनीले प्रधान कार्यालयसहित विभिन्न ५ वटा शाखा कार्यालयमा पानी सप्लाईका लागि बोलपत्र आह्वान गरेको हो । नयाँ बानेश्वरस्थित प्रधान कार्यालय तथा काठमाडौं उपत्यकाका न्यूरोड, चावहिल, गोंगवु, कलंकी र कुमारीपाटी शाखा कार्यालयमा पानी सप्लाई गर्न इच्छुकले बोलपत्र पेस गर्न फाइनान्स कम्पनीले आह्वान [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाईनान्सले पानी सप्लाईका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । फाइनान्स कम्पनीले प्रधान कार्यालयसहित विभिन्न ५ वटा शाखा कार्यालयमा पानी सप्लाईका लागि बोलपत्र आह्वान गरेको हो ।

नयाँ बानेश्वरस्थित प्रधान कार्यालय तथा काठमाडौं उपत्यकाका न्यूरोड, चावहिल, गोंगवु, कलंकी र कुमारीपाटी शाखा कार्यालयमा पानी सप्लाई गर्न इच्छुकले बोलपत्र पेस गर्न फाइनान्स कम्पनीले आह्वान गरेको हो ।

कम्पनीका अनुसार आगामी नयाँ वर्ष अर्थात २०८१ सालका लागि आवश्यक जारको शुद्ध खाने पानी सप्लाई गर्न इच्छुक जारको शुद्ध खाने पानी उत्पादक र वितरकले २ हजार ५ सय रुपैयाँ तिरेर बोलपत्र पेस गर्नु पर्नेछ ।

साथै, पानीको गुणस्तर चिन्न प्राप्त प्रमाणपत्र आदीको प्रतिलिपि सहित चैत २९ गतेभित्र आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

Share News